कोरोना सङ्क्रमण भए-नभएको थाहा पाउन टेलिकममा फोन गर्नुहोस

कोरोना सङ्क्रमण भए-नभएको थाहा पाउन टेलिकममा फोन गर्नुहोस

बैशाख ३ काठमाण्डौ
नेपाल टेलिकमले कोरोना भाइरस (कोभिड १९)  को सङ्क्रमण भए-नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ ।

प्रयोगकर्ताले *१४१९#  डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । मङ्गलबार देखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

*१४१९#  डायल गरेमा ज्वरो आए नआएको, खोकी लागे नलागेको, श्वास फेर्न गार्हो भए-नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए-नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।

यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोरोनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने  नेपाल टेलिकमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार