मुसिकोट ४ मा नेपाली काँग्रेसले बनायो टोलसमिति र महिला संघ

मुसिकोट ४ मा नेपाली काँग्रेसले बनायो टोलसमिति र महिला संघ

मुसिकोट । स्थानीय तहको चुनावको मिति घोषणासँगै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नियमित जनभेटघाट अभियान अन्तर्गत आज नगरपालिकाको वडा नम्बर ४ को ठाराढुङ्गा चापा बोहरागाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।

जसअन्तरगत वडा नम्वर ४ को ठाराढुङ्गा चापा बोहरागाउँमा पार्टिको टोल समिति र नेपाल महिला संघ गठन गरिएको छ । बुधबार ठाराढुङ्गा चापा बोहरागाउँमा भएको भेलाले होम बहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय टोल समिति गठन गरेको नेपाली काँग्रेस मुसिकोट नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

सचिव शर्माका अनुसार सोहि भेलाबाट सबिना बोहराको अध्यक्षतामा २५ सदस्यीय नेपाल महिला संघ गठन गरिएको छ ।

वडा सभापति शंकर कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य टेकबहादुर पुन, नगर सचिव शर्मा, पूर्व वडा सभापति बिष्णु कुमार शर्मा, समाजसेवी जवाहरलाल शर्मा, नेपाल शिक्षक संघका उपाध्यक्ष शंकर रावल लगायतको उपस्थिति रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार