सडक छेउछाउमा राखिएका निर्माण सामाग्री हटाउन मुसीकोट नगरपालिकाको निर्देशन

सडक छेउछाउमा राखिएका निर्माण सामाग्री हटाउन मुसीकोट नगरपालिकाको निर्देशन

 मुसीकोट रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सडक तथा सार्वजनिक स्थानहरूमा जथाभावी रुपमा निर्माण सामाग्रीहरू नराख्न निर्देशन दिएको छ ।

मंगलबार नगरपालिकाले एक सूचना जारी गर्दै सडक तथा बजार क्षेत्रमा निर्माण सामाग्री नराख्न र राखेको पाइएका कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिका क्षेत्रभित्रका खलंगा लगायतका विभिन्न बजार क्षेत्रका सडकहरू र अन्य सार्वजनिक क्षेत्रहरूमा जथाभावी रुपमा राखिएका निर्माण सामग्रीहरु तत्काल हटाउन सूचनामा उल्लेख गरिएको छ ।

निर्माण सामग्री तत्काल नहटाए कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

अहिले पनि खलंगा बजारको पुष्पलाल चोक, कृषि विकास बैक नजिक लगायतका क्षेत्रका सडक छेउछाउमा निर्माण सामग्रीहरू गिटी, बालुवा, ढुंगा राखिएकाले सवारी आवागमन तथा पैदलयात्रीहरूलाई अप्ठ्यारो हुने गरेको छ ।

नगरपालिका द्धारा जारी गरिएको सूचना :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार