बाँफिकोटमा नेपाल तरुण दल गठन

बाँफिकोटमा नेपाल तरुण दल गठन

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल गठन गरिएको छ ।

युवाहरुको भेलाले रागेन्द्र शाहीको अध्यक्षतामा ५५ सदस्यीय नेपाल तरुण दल बाँफिकोट गाउँकमिटि गठन गरिएको छ । जसको उपसभापतिमा उद्योग जङ्ग मल्ल र प्रेम प्रकाश पुन रहनुभएको छ ।

सचिवमा किरण कुसारी, निरज जङ्ग मल्ल, सहसचिवमा तिलक बुढा, गोपाल केसी र कोषाध्यक्षमा तिलक चन्दलाई चयन गरिएको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो ।

भेला नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति जनक कुमार बाँठामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार