त्रिवेणी ४ मा १३ औँ शहीद स्मृति मेला

त्रिवेणी ४ मा १३ औँ शहीद स्मृति मेला

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको शहीद स्मृति प्रतिष्ठानले आफ्नो १३ औँ शहीद स्मृति दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
२०५६ साल फागुन १० गते खारा घटनामा हत्या गरिएका शहिदहरुको सम्झनामा प्रतिष्ठानले मेला आयोजना गरेको हो । प्रतिष्ठानले दिएको जानकारी अनुसार मेलामा  कविता वाचन र लोक गीत प्रतियोगिताको आयोजना गरिएको थियो ।

कविता वाचन प्रतियोगिताबाट लक्ष्मी खड्का प्रथम, प्रशंसा ओली दोस्रो र झरना खड्का तेस्रो स्थान हासिल गर्नुभएको छ ।

यस्तै लोक गीत प्रतियोगिताबाट वसन्त खड्काको समुह प्रथम, ललिता खड्काको समूह दोस्रो र यमुना बाँठा मगरको समूह र प्रशंसा ओलीको समूह तेस्रो स्थान  हासिल गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता एवं त्रिवेणी गाउँपालिका उपाध्यक्ष र्मिला विष्ट खड्काको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय मीन बहादुर ओली, गणेश केसी, चन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव अर्जुन खड्काले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार