कोरोनाबाट संक्रमित गर्भवती नर्सको मृत्यु, सकुशल जन्मियो बच्चा

कोरोनाबाट संक्रमित गर्भवती नर्सको मृत्यु, सकुशल जन्मियो बच्चा

एजेन्सी

कोरोना भाइरसका कारण ज्यान गुमाएकी नर्सबाट सकुशल बच्चा जन्मिएको छ।

बिबिसीमा प्रकाशित समाचारका अनुसार मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि उनीबाट जन्मिएका शिशु ‘एकदमै राम्रो अवस्थामा रहेको’ अस्पतालकी प्रवक्ताले बताएकी छन्।

उनले थप जानकारी भने दिन चाहिनन्। मेरी लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्।

कोरोनाको संक्रमण भएको दुई दिनपछि अप्रिल ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।  मेरीका पतिलाई पनि कोरोनाको संक्रमण रहेको छ र हाल उनी आइसोलेसनमा बसिरहेको बिबिसीले जनाएको छ।

नर्सको मृत्यु भएपछि उनको परिवारको सहयोगका लागि मेरीका साथीहरूले सहयोग रकमका लागि आव्हान गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार