बाग्लुङकी कोरोना पोजेटिभ युवतीको तेस्रो परीक्षण पनि पोजेटिभ

बाग्लुङकी कोरोना पोजेटिभ युवतीको तेस्रो परीक्षण पनि पोजेटिभ

बैशाख ४ काठमाडौ

बाग्लुङकी १९ वर्षीय युवतीको तेस्रो स्वाब परीक्षण गर्दा पुन पोजेटिभ आएको छ भने अर्की ६५ वर्षीया महिलाको भने नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहिबार दुबै जनाको स्वाब परीक्षण गरिएको थियो

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । ‘बिहीबार गरिएको स्वाब परीक्षणमा युवतीको कोरोना पोजिटिभ र महिलाको नेगेटिभ नतीजा आयो’ शर्माले भने ।

कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो । दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । दम र उच्च रक्तचापकी बिरामी भएकाले महिलाले त्यसको औषधि खाइरहेकी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार