रुकुम पश्चिममा कोरोना संक्रमणको आशंका गरिएका परिवारको रिपोर्ट नेगेटिभ

रुकुम पश्चिममा कोरोना संक्रमणको आशंका गरिएका परिवारको रिपोर्ट नेगेटिभ

बैशाख ४ रुकुम पश्चिम

कोरोना भाइरस (कोभिड १९ ) को पीसीआर परीक्षण गर्दा संक्रमणको आशंका गरेका रुकुम बाँफिकोट गाउँपालिका दुई जनाको परिवारका आठ जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

आज कर्णली प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र स्वास्थ्य कार्यालय सल्लेको ल्याब टेक्निसियनको टोलीले आशंका गरिएका दुवै जना व्यक्तिका परिवार सहित गाउँका अन्य २ सय २९ जनाको र्‍यापिड डाइगोनोष्टिक टेस्ट गरिएको थिए। गाउँमा गरिएको परीक्षणका क्रममा २ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार आशंका गरिएका दुई व्यक्तिका परिवारका ८ जना सदस्यको स्वाब परीक्षणका  लागि संकलन गरिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ का ती व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएपछि गाउँमा अन्यलाई पनि भाइरस सरेको हुन सक्ने आशंका गरिएको थियो तर सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँका बासिन्दाहरु खुशी भएका छन ।

चैत्र १० गते भारतबाट घर आएका दुवै जनालाई बुधबार देखि पश्चिम चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनीहरुलाई आइसोलेसन राखेपनि कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएको डाक्टरहरुले बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार