कोरोना संक्रमणबाट बच्न रुकुमको सानीभेरी गाउँपालिकामा आवतजावत बन्द

कोरोना संक्रमणबाट बच्न रुकुमको सानीभेरी गाउँपालिकामा आवतजावत बन्द

बैशाख ५ रुकुम पश्चिम

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)  लाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै रुकुम पश्चिमको सानीभेरी  गाउँपालिकाले आफनो गाउँपालिकामा प्रवेश गर्ने सबै नाका बन्द गरेको हो । रुकुम बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ का दुई व्यक्तिमा कोरोना सङ्क्रमको शंका गरिएपछि सो गाउँपालिकाले बिहिबार देखि आफनो पालिका भित्र प्रवेश गर्ने २१ नाका बन्द गरेको हो ।

सानिभेरी गाउँपालिका (कोभिड १९) रोकथाम नियन्त्रण तथा निर्देशक समितिको बैठक पछि गाउँपालिका भित्रिने सबै नाकाहरुमा समेत सतर्कता बढाएको हो ।

गाउँपालिकाका ११ वटै वडाका प्रत्येक नाकामा सम्बन्धीत वडाबाट २ जना स्वयंसेवक खटाई निगरानी गरिएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्टले बताउनु भयो । उजेली न्यूज डटकम सँग टेलिफोनमा कुरा गर्दै प्रशासकीय अधिकृत बिष्टले भन्नु यो सवारी अनुमति पास लिएको खण्डमा र अत्यावश्यक कामको लागि मात्रै प्रवेश गर्न दिइएको छ ।

यस गाउँपालिकाको क्षेत्रभित्र मध्यपहाडी लोकमार्ग पर्ने भएकाले पनि धेरैको व्यक्तिको आगमन हुने भएकाले कडाई गरिएको प्रशासकीय अधिकृत विष्टले बताउनुभयो ।
यस्तै नाकामा खटिएका स्वयंसेवकले गाउँमा भित्रने र बाहिरिने व्यक्तिहरुको अभिलेख राख्ने गरेका छन ।

गाउँपालिकाले यसअघि नै गाउँ गाउँमा पुगेर कोरोनाबारे जानकारी दिँदै यसका लक्षण तथा बच्ने उपायबारे समेत सचेतना फैलाइएको छ ।  यो सँगै पालिका भरि रहेका सबै झोलुङ्गेपुल  बन्द गरेको छ । बन्दको समयमा बिनाकारण हिडेर  नियमको उल्लंघन गरेमा  नियमानुसार कार्वाही गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार