माओवादी र काँग्रेस बीच रुकुममा झडप, प्रहरी चौकी तोडफोड

माओवादी र काँग्रेस बीच रुकुममा झडप, प्रहरी चौकी तोडफोड

मुसीकाेट । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बीच रुकुम पश्चिममा झडप भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक विष्णुप्रसाद सोतीले वाइसिएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताउनुभयो ।

झडपमा परेर ८ जना काँग्रेस कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य २ जनाको स्थानीय मेडिकलमा र ६ जनाकाे जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । घाईते मध्य जिल्ला अस्पतालमा बर्ष ३१ का कृष्ण पुन, बर्ष २९ का बिरबहादुर ओली, बर्ष १७ का दुर्गाबहादुर ओली, बर्ष ४७ का बिरबहादुर ओली, बर्ष ३० का चित्र बहादुर खड्का, २६ का झुपलाल वलि, बर्ष २३ का नबिन खड्काकाे जिल्ला अस्पताल सलेमा उपचार भैरहेको छ ।

झडपको क्रममा नुवाकोट स्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका काँग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको बताईएको छ ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी समेत तोडफोड बताईएकाे छ। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

माओवादी कार्यकर्ताहरुले नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा १ च १२६२ नम्बरको जिपमा समेत आक्रमण गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार