रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभयो । श्रेष्ठ ३९७५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यस्तै अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएका मंगोल नेश्नल अर्गनाइजेशनका रतनबहादुर पुनको ५०३ मत आएको छ । श्रेष्ठ र बुढाको मतान्तर ३ हजार ४ सय ७२ को मतान्तर छ । राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा बुढाले ३९५१ ल्याउँदा एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कमानसिङ डाँगीले १३५५ मत ल्याउनुभयो ।

९ वडा रहेको भूमेमा ८ नम्बर वडा कांग्रेस र ४ नम्बर वडा एमालेले जितेको छ । बाँकी ७ वटा वडा माओवादी केन्द्रले जित हात पारेको छ ।

२०७४ सालको निर्वाचनमा पनि भूमे गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार