चौरजहारी नगरपालिकाको मेयर र उपमेयरमा माओवादी उम्मेदवार विजयी

चौरजहारी नगरपालिकाको मेयर र उपमेयरमा माओवादी उम्मेदवार विजयी

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । आज बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार मेयरमा पुष्प वादी र उपमेयरमा इश्वरी शर्मा (विएम) विजयी हुनुभएको छ ।

मेयरमा माओवादी केन्द्रका पुष्प वादीले ६८८२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम बहादुर ओलीले ६३११ मत प्राप्त गर्नुभएको छ । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउनुभएको छ ।

यसैगरी उपमेयरमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ले ७२०० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंक प्रसाद ओलीले ५७४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको चौरजहारी नगरपालिकामा ६,९ र १४ वडामा नेपाली काँग्रेसले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि चौरजहारी नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रको विजयी भएको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार