आठबिसकोट नगरपालिकामा माओवादी विजयी

आठबिसकोट नगरपालिकामा माओवादी विजयी

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका प्रमुख, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी हुनुभएको छ ।

प्रमुखमा रवि केसीले ७३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी  एमाले–कांग्रेस गठबन्धनका कांग्रेस उम्मेदवार धिरेन्द्रकुमार बटालाले ६६१५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उप प्रमुखमा माओवादी केन्द्रकै धनकुमारी शाहीले ७२६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी  एमाले–कांग्रेस गठबन्धनका एमाले उम्मेदवार दिनेश चन्दले ६२६८ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको यस नगरपालिकामा १० वडा नेकपा माओवादी केन्द्रले जितेको छ भने एमाले कांग्रेसले २ /२ वडा जितेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार