मुसिकोटको मेयरमा कांग्रेसका केसी र उपमेयरमा नेकपा एसका पुन विजयी

मुसिकोटको मेयरमा कांग्रेसका केसी र उपमेयरमा नेकपा एसका पुन विजयी

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेन्द्र केसी बिजयी हुनुभएको छ । केसीले ६९१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ६९०१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका बिमल कुमार पुन विजयी हुनुभएको छ । उहाँले ६१४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका थल बहादुर ओलीले ५९८५ मत प्राप्त गर्नुभएको छ ।

१४ वडा रहेको यस नगरपालिकामा १, २, ३, ५ , ८ र १४ नेपाली काँग्रेसले जितेको छ भने ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेका छन् । नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन ।

मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको गठबन्धन थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मुसिकोट नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रको विजयी भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार