मतदातालाई धन्यवाद दिन मुसिकोटका नगर प्रमुख गाउँमा

मतदातालाई धन्यवाद दिन मुसिकोटका नगर प्रमुख गाउँमा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुखले मतदाता भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ । नगर प्रमुख महेन्द्र केसीले आज मुसिकोट नगरपालिकाको वडा नम्वर १३ र १४ का मतदाताहरुलाई भेटघाट गर्नुभएको छ ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम तय गरेको नगरप्रमुख केसीले बताउनुभयो । आज वडा नम्वर १३ को चौतारा र १४ को बाग्खोरमा मतदाताहरुसँगको भेटमा नगरप्रमुख केसीले निर्वाचित भैसकेपछि आफु पार्टीको नभएर नगरवासीको प्रमुख भएकोले सबैलाई समान दृष्टिकोणले हेर्ने बताउनुभयो ।

उहाँले अब नगरको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरिय विकासका लागि काम गर्ने जनाउनुभयो । भेटका क्रममा केसीले आफुलाई आफनो अमुल्य मत दिई बिजय गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिनुभएको छ। सो क्रममा बोल्दै नगर प्रमुख केसीले आफुले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो।

पाँच बर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध नगर बनाउन लागि पर्नेमा उहाँले जोड दिनुभयो । सबै जनताले आफूलाई विश्वास गरेर आवश्यकता अनुसारका माग वडा कार्यालय मार्फत पठाउन र नगरपालिकालाई सल्लाह दिन उहाँले अनुरोध गर्नुभयो ।

गाउँमा नगर प्रमुख केसीलाई स्थानीयहरुले अबिर र माला लगाई गाजाबाजा सहित स्वागत गरेका थिए । नगर प्रमुख केसीले क्रमश सबै वडामा पुगेर मतदाता भेटघाट तथा धन्यबाद कार्यक्रम गरिने जानकारी दिनुभयो ।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार