सुर्खेतमा एम्बुलेन्समा एक भन्दा बढी कुरुवा राख्न नपाइने

सुर्खेतमा एम्बुलेन्समा एक भन्दा बढी कुरुवा राख्न नपाइने

बैशाख ७ सुर्खेत
सुर्खेतमा लकडाउन लाई थप प्रभावकारी बनाउन हप्तामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ।  दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्ताको भिड लाग्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै सातामा तीन दिनमात्रै बजार खोल्ने निर्णय गरिएको हो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले सातामा सोमबार, बुधबार र शुक्रबार मात्रै दैनिक उपभोग्य वस्तुका पसल खोल्ने निर्णय सँगै तरकारी तथा दुग्धजन्य वस्तु ढुवानी गर्ने सवारी साधन पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरेको छ।

यस्तै बैठकले एम्बुलेन्समा समेत एकभन्दा बढी कुरुवा राख्न नपाउने निर्णय गरेको छ । औषधि तथा क्लिनिकहरु भने सधै अनिवार्य रूपमा खोल्नुपर्ने निर्णय गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार