टुँडिखेल तताइन् भारतीय गायिका सञ्जीवनीले

टुँडिखेल तताइन् भारतीय गायिका सञ्जीवनीले

 

काठमाडौं : भारतीय चर्चित गायिका सञ्जीवनीले टुँडिखेलमा नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी छन्। शनिबार शम्भुजित स्वर्णिम सांगीतिक यात्रा–२०१८ का लागि उनी नेपाल आएकी हुन्।

गायिका सञ्जीवनीले शम्भुजित बास्कोटाको रचना ‘लौ है माया सुटुक्कै आउनु है’ बोलको गीत गाएर माहोल रोमाञ्चित बनाइन्। साथै ‘बाँध मायाले मलाई बाँध’ बोलको अर्को नेपाली गीतमा पनि आफ्नो प्रस्तुति दिइन्।

कार्यक्रममा सञ्जीवनीसँगै दीपा झा र शम्भुजितले पनि सांगीतिक प्रस्तुति दिएका थिए। झाले ‘सम्झना बिर्सना सललल’ र ‘धेरैपछि तिमी याद आयौ’ बोलको गीत गाएकी थिइन्। यस्तै गायिका कोमल ओली, आनन्द कार्की, यम बराल, विश्व नेपाली लगायतले शम्भुजित बास्कोटाको रचना र संगीतका गीत गाएर माहोल तताए।

आइतबार भने भारतका चर्चित गायिका अनुराधा पौडवाल र सञ्जीवनीले सोल्टी क्राउन प्लाजामा गीत गाउने बताइएको छ। उक्त कार्यक्रममा भाग लिन अनुराधा पनि शनिबार काठमाडौं आइसकेकी छन्। सन् २०१८ देखि २०२० सम्म चल्ने स्वर्णिम सांगीतिक यात्रामा देशका विभिन्न भूभागमा सांगीतिक कार्यक्रम गर्ने योजना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार