रुकुम पश्चिममा ८० जनाकै रिपोर्ट नेगेटिभ

रुकुम पश्चिममा ८० जनाकै रिपोर्ट नेगेटिभ

बैशाख ७ काठमाडौ
रुकुम पश्चिममा भारत लगायत तेस्रो मुलुकबाट आएका ८० जना व्यक्तिको र्‍यापिड डाइग्नोसिस टेस्ट (आरडीटी)  रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय सल्लेका अनुसार चार वटा स्थानीय तहमा आज गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

 

चौरजहारी नगरपालिकामा ४५, सानिभेरी गाउँपालिकामा २१, त्रिबेणी गाउँपालिकामा २ र आठबिसकोट नगरपालिकामा १२ गरि जम्मा ८० जनाको परिक्षण भएकोमा सबैको नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभएको छ ।

 

यसअघि रुकुम पश्चिमबाट कोरोना आशंकामा १ सय ५ जनाको स्वाब संकलन गरिएको  मा १९ जनाको रिपोर्ट आउन बाँकी छ भने बाँकी सबैको परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै जिल्लामा बाहिरबाट आएका व्यक्तिलाई लक्षित गरी कोरोना भाइरस टेस्टको दायरा थप फराकिलो बनाउन यहाँका स्थानीयहरुले माग गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार