प्रथम पालिका स्तरीय फुटबलको उपाधि मुसीकोटलाई

प्रथम पालिका स्तरीय फुटबलको उपाधि मुसीकोटलाई

मुसिकोट । रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन गरेको प्रथम पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि मुसीकोट नगरपालिकाले हात परेको ।

चौरजहारी नगरपालिका वडा नम्बर २ स्थित रंगशालामा शनिबार भएको फाईनलमा चौरजहारी नगरपालिकालाई पराजित गर्दै मुसीकोटले ३-२ गोलले उपाधि जितेको हो ।

चौरजहारीले भने समुहका दुबै खेल जितेको थियो । समूह चरणको खेलमा मुसीकोट चौरजहारीसंग ४-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने मुसीकोटले आठबीसकोटलाई हराएको थियो ।

पहिलो खेलमा मुसीकोटलाई हराएको चौरजहारीले दोस्रो खेलमा आठबीसकोटलाई हराएको थियो । जिल्ला खेलकुद विकास समिति रूकुम पश्चिमले आयोजना गरेको प्रतियोगितामा ३ वटा स्थानीय तहले भाग लिएका थिए ।

विजेता बनेको मुसीकोटले नगद ७० हजार, कप, मेडल र प्रमाणपत्र पाएको छन् त्यस्तै उपविजेता चौरजहारीले ४० हजार र प्रमाणपत्र कप, मेडल हात परेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आठबीसकोटले २० हजार पुरस्कार पाएको छ ।

शुक्रबार चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार