मुसिकोटमा खेलाडीहरुलाई सम्मान

मुसिकोटमा खेलाडीहरुलाई सम्मान

मुसिकोट । जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले बिभिन्न बिधाका खेलाडीहरुलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमका बिच जिल्लाका ऊदयमान खेलाडीहरुलाइ सम्मान गरिएको हो ।

जिल्लाका विभिन्न विधाका ८ जना खेलाडिलाई नगद ५ हजार दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको बताईएकाे छ । व्याटमिन्टन खेल तर्फ विशाल विष्ट, तेक्वान्दो खेल तर्फ डिल्लीप्रसाद शर्मा, करातेका रिता पुन मगर सम्मानित हुनुभएको छ ।

यस्तै फुटवल खेलका खेलाडी कमल केसी, क्रिकेट खेलाडी कुलप्रसाद ओली, एथ्लेटिक्स् खेलाडी  दुर्गाबहादुर वुढा, भलिवल खेलाडि शर्मिला परियार र पाण्डव बुढाथोकीलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार