मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपतिद्धारा जारी

मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपतिद्धारा जारी

बैशाख ८ काठमाडौ

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी दोश्रो संशोधन विधेयक २०७७ र संवैधानिक परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७७ जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल त्यागसम्बन्धी प्रावधान खुकुलो बनाउने गरी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो । अब कुनैपनि राजनीतिक दलको केन्द्रिय कमिटी वा संघीय संसदको संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन भए नयाँ दल दर्ता गर्न सकिने भएको छ ।

 

यसअघि संसदीय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत सदस्यको समर्थन बिनै दल विभाजन गरे मान्यता पाउँदैन थियो । नयाँ कानुनपछि दुईमध्ये एकमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल बनाए त्यसले मान्यता पाउनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार