चार वर्ष पुरानो कुहिएको दाल बेच्ने मेयर पक्राउ

चार वर्ष पुरानो कुहिएको दाल बेच्ने मेयर पक्राउ

बैशाख ९ काठमाडौ
बारा जिल्लाको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभएको छ ।  कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्।

यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं- ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो। फोटो सामाजिक सञ्जालबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार