दाउरा काट्न गएकी महिलाको शव भेटियो

दाउरा काट्न गएकी महिलाको शव भेटियो

सांकेतिक तस्बिर

रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक अर्धवैशे महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको हो ।

शुक्रबार विहान वनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी सुरु भएको थियो । खोजी गर्ने क्रममा शनिबार विहान ९ः१५ बजे मृतकको शव आफन्तहरुले फेला पारेका थिए ।
शव फेला परेको आफन्तहरुले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले भने ।
शवको पोष्टमार्टम भई आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ‘घटना के कति कारणले भयो त्यसको अनुसन्धान गरिहेका छौं’ प्रवक्ता भुसालले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार