अरिंगालको टोकाईबाट सुवर्णको मृत्यु

अरिंगालको टोकाईबाट सुवर्णको मृत्यु

मुसिकोट । रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षिय सुवर्ण सुनारको अरिंगालको टोकाईबाट मृत्यु भएको हो ।

गएको शुक्रबार अरिंगालले टोकेका सुनारको आईतबार (आज) उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले जानकारी दिनुभयो ।  साथीहरुसँग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेको बताइएको छ ।

सुनारको तीन दिनसम्म झुल्नेटामा रहेको नीजि स्वास्थ्य क्लिनिकमा उपचार गरिएको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा  सल्यानको श्रीनगरमा मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन ।

सुनार त्रिवेणी गाउँपालिका कर संकलक केन्द्र झुल्नेटामा कर संकलकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार