ढकाल समाजको राष्ट्रिय सम्मेलन सकियो

६ बुँदे देवघाट घोषणापत्र जारी

ढकाल समाजको राष्ट्रिय सम्मेलन सकियो

६ बुँदे देवघाट घोषणापत्र जारी

नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय सम्मेलन सकिएको छ । ६ बुँदे देवघाट घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।

राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागी भएका थिए । उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाविधि तिथिमितिका विषयमा छलफल भएको भेलाले देवघाट घोषणा पत्र -२०७९ घोषणा गरेको हो ।

ढकाल समाजका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले सम्मेलन सफल भएको दाबी गरे । “सबै उपमन्यु गोत्रीय ढकालहरू खोज्ने काम भएको छ,” उनले भने, “सबैलाई एकै थलोमा ल्याउन सम्मेलन सफल भएको छ ।”

सम्मेलनले उपमन्यु गोत्रीय ढकालहरूको वंश खोजी गरी लिपीबद्ध गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला समितिहरूले तथ्याङ्क संकलन गरी केन्द्रमा उपलब्ध गराउने भएका छन् । त्यस्तै ढकाल वंशले प्राप्त गरेका बिर्ताहरूको खोज अनुसन्धान गरी जिल्ला समितिहरुले केन्द्रमा विवरण उपलब्ध गराउने निर्णय भएको छ ।

ढकालहरूको कुलपूजामा एकरूपतामा ल्याउनको लागि हालसम्म गरिआएका संस्कार र पद्धतिहरूको विवरण जिल्ला समितिहरूले केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ ।

भेलाले देवघाटधाम क्षेत्रमा जग्गा खोजेर ढकाल वंशका कुल देवताको मन्दिर सहितको खोज अनुसन्धान, अध्ययन केन्द्र र ढकाल आश्रम निर्माणका लागी पूर्वाधार निर्माण र परियोजनाको गुरुयोजना तयार गर्न केन्द्रीय अध्यक्ष टीकाराम शर्मा ढकालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सम्मेलन व्यवस्थापनको सचिव तारापति ढकालले बताए ।

विशेष राष्ट्रिय भेलामा प्रस्तुत भएका कार्यपत्रहरुको अध्ययन गरी दस्तावेजीकरण गर्न प्रतिठानका वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालको संयोजकत्वमा समिति गठन गरेको छ । नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा श्रावण २६ देखि २८ गतेसम्म पवित्र धार्मिक स्थल देवघाटधामको गलेश्वर आश्रममा राष्ट्रिय सम्मेलन गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार