१० विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै

१० विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै

बैशाख १० काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फ्रेन्समार्फत सबै विश्वविद्यालयको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । त्यही बेला मन्त्री पोखरेलले मन्त्रालयमा आ–आफ्नो पढाइ शुरू गर्ने योजनासहित प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन्। लगत्तै मन्त्रालयमा सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको थियो ।

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव रामशरण सापकोटाले सबै विश्वविद्यालयले प्रतिवेदन पेस गरेको र सोहीअनुसार काम शुरू गरिसकेको बताएका छन् । उनका अनुसार मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको, केही विभागले कार्ययोजना निर्माण गरिसकेको जनाएका थिए ।

त्यस क्रममा अधिकांश विश्वविद्यालयले मेडिकल र ननमेडिकल विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेको विवरण पेस गरेका छन् । मन्त्रीको निर्देशनअनुसार १० वटै विश्वविद्यालयले आ–आफ्नो योजना पेस गरेको महाशाखाले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार