ह्वीलचियरबाटै विश्व घुम्ने सपना बोकेका तेजबहादुर

ह्वीलचियरबाटै विश्व घुम्ने सपना बोकेका तेजबहादुर

ओखलढुंगा मोलुङ गाउँपालिका वडा नम्बर ५ का ५७ बर्षका तेजबहादुर कार्की शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँको दुबै खुट्टा छैन । खुट्टा नहुँदा ह्वीलचियरको सहारामा यात्रा गर्नुहुन्छ ।

आफू र देशलाई विश्वमा चिनाउने सपना छ तेजबहादुरको । बुधबार ह्वीलचियरमा नेपालको राष्ट्रिय झण्डा बोकेर यात्रा गर्दै उहाँ रुकुम पश्चिमको मुसिकोट खलंगा आइपुग्नुभएको छ । ह्वीलचियरबाटै यात्रा गरेर विश्व कीर्तिमान कायम गर्ने कार्कीको सपना रहेको छ ।

ह्विलचेयरमा नेपालको झन्डा फहराउँदै उहाँ पहिलोपटक बंगलादेश पुग्नु भयो। त्यसपछि भुटान, माल्दिभ्स, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, भियतनाम, कम्बोडियालगायत हालसम्म ३३ देशको यात्रा गरिसक्नु भएको छ । नेपालमा अब ४ जिल्लामात्र पुग्न बाँकी छ, ७३ जिल्लाको यात्रा गरिसक्नु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार