१ सय ६० घरधुरीलाई खाद्यान्न सहयोग

१ सय ६० घरधुरीलाई खाद्यान्न सहयोग

बैशाख १० सुर्खेत

जाजरकोटमा एक जना ब्यक्तिको सहयोगमा १ सय ६० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । एलिसा डिजाईन्स एण्ड विल्डर्स प्रा.ली. विरेन्द्रनगर सुर्खेतका कार्यकारी निर्देशक लोकेन्द्रजङ राणाले ब्यक्तिगत सहयोगमा जाजरकोटको शिबालय गाउँपालिका वडा नम्बर १ का अति बिपन्न एवं लकडाउनका कारण खाद्य संकट उत्पन्न दलित समुदायका घरपरिवारलाई चामल वितरण गरिएको हो ।

शिबालय गाउँपालिकामा एक कर्यक्रमका बिच प्रती परिवार १५ के.जी. का दरले चामल वितरण गरिएको छ । वितरण कार्यक्रममा न्यूनतम सामाजिक दुरी समेत कायम गरिएको छ ।

बिश्वब्यापी महामारी कोभिड १९ को प्रकोपका कारण अहिले अधिकाश श्रमीकहरुले रोजगारी गुमाएको र यस्तो अवस्थामा खाद्य संकट भोगिरहेका मानिसलाई सहज होस भन्ने हेतुले आँफुले स्थानीय तहसंगको समन्वयमा खाद्यान्न वितरण गरेको एलिसा डिजाईन्स एण्ड विल्डर्स कार्यकारी निर्देशक राणाले वताउनुभयो ।

खाद्यन्न वितरण कार्यक्रममा एलिसा डिजाईन्स एण्ड विल्डर्स प्रा.ली. कार्यकारी निर्देशक लोकेन्द्रजङ राणा, शिबालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र शाही, वडा नं. १ का अध्यक्ष मान बहादुर पुन लगाएतको उपस्थिती रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार