तुल्सीपुरबाट मुसिकोट १३ का १९ सहित ४२ जनालाई गृह जिल्ला पठाइयो

तुल्सीपुरबाट मुसिकोट १३ का १९ सहित ४२ जनालाई गृह जिल्ला पठाइयो

बैशाख १० काठमाडौ
ललितपुरको ईटाभटामा काम गर्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर- १३ का १९ जनालाई आज तुल्सीपुरबाट उद्धार गरिएको छ । लामो समय सम्म लकडाउनका कारण ललितपुरबाट हप्ता दिन पैदल हिडेर आएका ती व्यक्तिहरुलाई आज मुसिकोट नगरपालिका कार्यकारी अधिकृत नरबिर खड्का, मुनपा १३ का वडा अध्यक्ष दिपक केसीको पहलमा उनीहरुलाई घर पठाइएको छ ।

उनीहरु मंगलबार साझ तुल्सीपुर आएको र आफुहरुलाई घरजाने व्यवस्था गरिदिन आग्रह गरेपछि सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधि र तुल्सीपुर उप-महानगरपालिका सँग समन्वय गरेर घर पठाइएको मुसिकोट नगरपालिका वडा नम्बर- ३ माछिमीका युवा व्यवसायी रबिन्द्र केसीले बताउनु भयो ।

उहाँका अनुसार आज बिहान ११ बजे तुल्सीपुरबाट ईटाभटामा काम गर्ने १९ जना सहित खलंगा, बाँफिकोट र रुकुमकोट घर भएका हाल तुल्सीपुरमा लकडाउनका कारण अलपत्र परेका ४२ जनालाई पठाइएको हो ।

यस्तै मुसिकोट वडा नम्बर-१३ ले भने उद्धार गरिएका आफनो वडाका १९ जनालाई महेन्द्र मावि वा प्रभात माविको क्वारेन्टाइनमा राखिने भएको छ । क्वारेन्टाइन अवधिभरि स्वास्थ्य अवस्था हेरेर रोजगारिको लागि विद्यालयमा जाली भर्ने काम लगाउने बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार