एउटै बाख्राले जन्मायो ५ पाठापाठी

एउटै बाख्राले जन्मायो ५ पाठापाठी

बैशाख १० काठमाडौ
एउटा बाख्राले कतिवटा पाठापाठी पाउँछ होला । जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर लमजुङ जिल्लाको सुन्दरबजारमा एउटा बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका ९, फेदिकुनाका भिमबहादुर भुजेलले पाल्नुभएको स्थानीय जातको एउटा बाख्राले ५ वटा पाठापाठी पाएको हो ।  बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्न आउनेको भीड लागेको छ । पाँचवटै पाठापाठी सकुशल रहेको भिम बहादुरले बताउनु भयो ।

पाठापाठीलाई बाख्राको दूधले नपुगेर दूधदानीबाट गाईको दूध खुवाउन थालिएको छ । प्राय जसो २ देखि अधिकतम ४ वटासम्म पाठापाठी पाउने गरेको खबर आएपनि एकै बेतमा ५ वटा पाठापाठी जन्माएको यो नौलो घटना हो ।

पहिलो बेतमा एउटा पाठी र दोस्रो बेतमा २ वटा पाठो जन्माएको बाख्राले तेस्रो बेतमा मंगलबार २ पाठा र ३ पाठी गरी ५ वटा पाठापाठी जन्माएको हो ।  फोटो : उज्यालो अनलाइनबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार