सन्तोषजनक काम नगर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र नर्सलाई सेवाबाट विदा

सन्तोषजनक काम नगर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र नर्सलाई सेवाबाट विदा

बैशाख ११ दाङ
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत एक जना डाक्टर र एक जना नर्सलाई म्याद नथपी बिदा दिएको छ । साथै थप दुई जना डाक्टरलाई नियुक्त पनि गरेको छ ।

प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीका अनुसार डा. अमृता श्रेष्ठ र स्टाफ नर्स प्रकृति डिसीलाई म्याद नथपी विदा गरिएको हो । उनीहरुको काम सन्तोषजनक नभएकाले करार सेवाको म्याद नथपिएको उहाँले बताउनु भयो ।

यस्तै प्रतिष्ठानले सेवामा असर नपरोस् भनेर दुई जना डाक्टर पनि नियुक्त गरिसकेको बताएको छ ।  यस्तै स्वास्थ्यकर्मीको म्याद नथपेको विषयलाई प्रतिष्ठानले नियमित प्रक्रिया भएको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार