रुकुम पूर्वमा बस दुर्घटना: आमा छोरासहित पाँच जनाको मृत्यु

घाइते ४ जनालाई हेलिकप्टरमार्फत कोहलपुर लगियो

रुकुम पूर्वमा बस दुर्घटना: आमा छोरासहित पाँच जनाको मृत्यु

घाइते ४ जनालाई हेलिकप्टरमार्फत कोहलपुर लगियो

रुकुमकोट । काठमाडौ बाट रुकुमकोटतर्फ आउँदै गरेको यात्रुबाहक बस रुकुम पूर्वमा दुर्घटना भएको छ ।

आज  दिउँसो जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ क्याङसिबगर नजिकै ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक रामेछाप घर भएका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परेर घाइते भएका ४ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर लगिएको प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले घाइतेहरु लालबहादुर खड्का, साइमान खड्का, निरुता थापा र डम्बर नेपालीलाई थप उपचारको लागि कोहलपुर लगिएको छ ।

दुर्घटनमा परि अन्य ८ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसमा १७ जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार