प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार महेश केसीलाई प्रदान

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार महेश केसीलाई प्रदान

मुसिकोट । रुकुम पश्चिमका पत्रकार महेश केसीलाई यस बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

बिहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५३औं वार्षिकोत्सवको अवसरमा केसी सहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।

हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार केसी विगत १५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ यसअघि बुटवल टुडे दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक र रेडियो सानीभेरीमा कार्यरतहुनुहुन्थ्यो ।

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार