सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई (विज्ञापनसहित)

सशस्त्र प्रहरीले माग्यो ७९ इन्स्पेक्टर र ८३ जना असई (विज्ञापनसहित)

सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना आवेदन खुला गरेको छ ।

प्रहरीको मानव स्राेत विभाग , मानव स्राेत निर्देशनालय भर्ना तथा छनाेट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्नासम्बन्धी आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानुन उपसमूह तर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म  आवेदन फारम भर्ने समय तोकेको छ ।

माग गरिएकामध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार