स्यार्पू पर्यटन मेला सुरु

स्यार्पू पर्यटन मेला सुरु

मुसिकोट । ११औं स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ। मंगलबार रुकुम पश्चिमको प्रमुख पर्यटकीयस्थल स्यार्पुताल परिसरमा आयोजना गरिएको ११ औं स्यार्पू पर्यटन मेलाको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको बताउनुभयो । यस्तै सवै राजनीतिक दलहरु एक भएर स्यार्पू ताललाई झन माथी उठाउन तत्पर रहनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिकाको आयोजना सन्चालन भएको उक्त पर्यटन मेलाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै उद्घाटन समारोहमा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर उपाध्यक्ष तारा बुढा केसी लगायतको आतिथ्यता रहेको थियो । स्यार्पू पर्यटन मेला असोज ११ देखि १५ गते सम्म सञचालन हुने छ । सो अवधिमा विभिन्न कार्यक्रमहरु सन्चालन हुने स्यार्पू युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।

मेलामा पुरुष भलिवल, महिला भलिवल, खुल्ला पुरुष, महिला ब्याटमिन्टन, पौडी रेस, रस्साकस्सी, लोक दोहोरी, भाले तान्ने र छेलो हान्ने जस्ता कार्यक्रम हुने छन ।

स्यार्पूको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि २०६७ सालमा प्रथम स्यार्पू पर्यटन महोत्सव आयोजना गरिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार