चितवनमा कोरोना संक्रमित आमाछोरा मध्ये छोराको रिपोर्ट नेगेटिभ

चितवनमा कोरोना संक्रमित आमाछोरा मध्ये छोराको रिपोर्ट नेगेटिभ

बैशाख ११ काठमाडौं

चितवनमा रहेका दुईजना कोरोना संक्रमितमध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका आमाछोरामध्ये छोराको रिपोर्ट नेगेटिभ आएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

चितवनको राप्ती नगरपालिका ८ का आमाछोरा बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए । रिपोर्ट नेगेटिभ आएका उनलाई अस्पतालबाट डिस्चार्ज गरेर केहीदिन होम क्वारेन्टाइनमा राखिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार