कैलालीमा एनप्याब्सनका उपाध्यक्ष कृष्ण भुसाल मृत भेटिए

कैलालीमा एनप्याब्सनका उपाध्यक्ष कृष्ण भुसाल मृत भेटिए

वैशाख १२ काठमाडौ
निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण भुसाल मृत अवस्थामा फेला परेका छन् ।  कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । फोटो दिनेश खबर

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार