मुसिकोटले उद्धार गरेका १ सय ५५ क्वारेन्टाईनमा

मुसिकोटले उद्धार गरेका १ सय ५५ क्वारेन्टाईनमा

बैशाख १३ रुकुम पश्चिम
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले देशका बिभिन्न ठाउँमा अलपत्र परेका १ सय ९७ जनालाई उद्धार गरेको छ । लकडाउनका कारण बिभिन्न ठाउँमा अलपत्र परेका मजदुर र बिद्यार्थीहरुलाई नगरपालिकाले उद्धार गरेको हो । उद्धार गरिएका अधिकास काठमाडौमा रहेका थिए ।

उद्धार गरि ल्याएका १ सय ५५ जना हाल क्वारेन्टाईनमा रहेको नगर प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोलाबाङमा निर्माण गरिएको क्वारेनटाईनमा ८४ जना, मुसिकोट खलंगा बहुमुखि क्याम्पसमा ३८ जना, महेन्द्र मावि छिबाङमा २३ जना र जनजागृति मावि साँखमा १० जनालाई राखिएको छ । शुक्रबार नगरपालिकाले २ वटा बसमा १ सय ५५ जनालाई उद्धार गरि ल्याएको हो ।

त्यस्तै नगरपालिकाको समन्वयमा रुकुम पूर्वको बसमा ४२ जना आएका तर नगरपालिकाको समन्वयमा उद्धार गरि ल्याएकाहरुले भने क्वारेन्टाइनमा बस्न नमानेको बताइएको छ । नगरपालिकाले उद्धार गरि ल्याएका मध्य १ सय ५५ जना मात्रै क्वारेन्टाईनमा बसेका छन् भने ४२ जना होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर गएका छन् । ४२ जना नगरपालिकाको सम्पर्कमा आएर पनि क्वारेन्टाईनमा नवसेर होम क्वारेन्टाइनमा बस्ने भन्दै खलंगा बजारबाटै भागेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार