वीरगञ्जमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु

बैशाख १४ काठमाडौें
वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिनुभएकी एक युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षकी युवतीको आइतबार बिहान मृत्यु भएको हो । उहाँको तीनपटक सम्म आरडीटीमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारका लागि नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी जानकारी दिनुभयो । युवतीको शव अहिले नारायणी अस्पतालमै छ ।

उहाँको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशाला पठाइएको उपाध्यायले बताउनुभयो ।  ब्लड क्यान्सरबाट पीडित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्को पटकको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार