जसपाका नेताहरु टेकुमा धर्नामा , प्रहरीले जाहेरी दर्ता गर्न मानेन

जसपाका नेताहरु टेकुमा धर्नामा , प्रहरीले जाहेरी दर्ता गर्न मानेन

बैशाख १४ काठमाडौ
नवगठित जनता समाजवादी पार्टीका नेता सांसद डा सुरेन्द्र यादवलाई  अपहरण गरि काठमाडौं ल्याएका नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध अपहरणको उजुरी गर्न गएकाको उजुरी लिन प्रहरीले आनाकानी गरेको छ।

सोहि पार्टिका नेताहरु पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेताहरु प्रहरी परिसर टेकुमा पुगेका थिए। दिउँसो ३ वजेको आसपास पुगेका उनीहरुको प्रहरीले न उजुरी दर्ता गरेको छ न त्यसलाई उजुरी लिन नमिल्ने भन्दै फर्काएको नेता राजेन्द्र महतोले बताउनु भयो ।

परिसरको मुद्दा शाखाका प्रमुख डिएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भन्नुभएको छ । उहाँले कार्यालय प्रमुख पनि नभएको बताउनु भएको छ ।

यस्तै काठमाडौं प्रहरीमा एसएसपी श्याम ज्ञवालीको सरूवा भएको छ। उनले पदभार सम्हालिसकेका छैनन्। लकडाउनका बेलामा महोत्तरी जान असम्भव भएकाले यहीँ जाहेरी लिनुपर्ने नेताहरुको माग छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार