भक्तपुरमा डेरा गरेर बस्ने रुकुमका तीस जना विद्यार्थीलाई राहत

भक्तपुरमा डेरा गरेर बस्ने रुकुमका तीस जना विद्यार्थीलाई राहत

बैशाख १५ काठमाडौ
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणाको लागि सरकारले लकडाउन गरेपछि भक्तपुरमा डेरामा बस्दै आएका रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाका ३० जना विद्यार्थीहरु लाई राहत वितरण गरिएको छ ।
रुकुम त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का केशब खड्काले विद्यार्थीहरुलाई सहयोग गर्नुभएको हो ।  उनीहरुलाई प्रतिव्यक्ति ५ आईटम चामल, दाल, तेल, साबुन र चाउचाउ बितरण गरिएको हो ।

आइतबार कडाउनका कारण सबै विद्यार्थीहरु एउटै ठाउँमा जम्मा हुन नसक्ने भएकाले विद्यार्थी धर्मजित ओली र लाल बहादुर खड्कालाई जिम्मा लगाएको छ । उहाँले भन्नु भयो लकडाउनका कारणले घरबाट पनि पैसा पठाउने अवस्था नभएको र बजारमा पनि सहज रुपमा सामान किन्न नसक्ने भएकाले उनीहरुलाइै केहि राहत होस भन्ने हेतुले सहयोग वितरण गरिएको हो ।

उहाँले करिब ३० हजार रकमको राहत वितरण गर्नुभएको हो । यो सहयोगले पछि थपिएको लकडाउन सम्मलाई पुग्ने र समस्या र अफ्ठेरोको आधारमा अन्य सहयोगी नियकायहरु सँग समन्वय गरि आगामि दिनहरूमा पनि विद्यार्थीहरु लाई सहयोग गरिने उहाको भनाई छ । सहयोग गर्ने खड्का हाल प्रदेश वन मन्त्रालय बुटवलमा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार