‘ड्रिम गर्ल’मा आकाश आश्मा रोमान्स

Corona-Ad-Raptisonari

‘ड्रिम गर्ल’मा आकाश आश्मा रोमान्स

Florence Ad

काठमाडौं  :  प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको मंगलबार राजधानीमा प्रेस मिट गरी ट्रेलर देखाइएको हो । मंसिर ७ गते प्रदर्शन हुने फिल्मको झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्सन र सेन्टिमेन्ट्सको मि श्रण छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक फिल्म बनाउने कोसिस गरेको बताए । निर्माता अर्जुन शर्माले आफूहरूले अधिक राम्रो फिल्म बनाएकाले सबैको साथ पाउने विश्वास व्यक्त गरे । अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल आफ्ना विगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने बताए ।

यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । उनले ड्रिम गर्लले आफूलाई फिल्म उद्योगमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् । अर्की अभिनेत्री पूजा पराजुलीले फिल्मले दर्शकलाई खुसी बनाउनुका साथै आफ्नो कामको मूल्यांकन गर्ने आशा व्यक्त गरिन् ।

दुई करोड रुपियाँभन्दा बढी लगानीमा बनेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैंडा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।

निर्देशक ऋषिराज स्वयं, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एन्ड रियल सिनेमा कम्पनी छ । कार्यक्रममा रिल एन्ड रियल सिनेमाका प्रमुख एन्टो रोचा पनि उपस्थित थिए । दक्षिण भारतमा केही फिल्म निर्माण गरेका एन्टोले आफूले नेपाली फिल्म निर्माणलाई निरन्तरता दिने बताए ।

सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुइटा फिल्म ‘चुरिफुरी’ र ‘द्रौपदी’समेत घोषणा गरियो । ड्रिम गर्ल प्रदर्शनपछि ती फिल्म निर्माण गरिने ऋषिराजले जनाए ।

काठमाडौं, मुस्ताङ र थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको फिल्म राहुल राई र रामेश्वर हुमागाईंले खिचेका हुन् । नवीन निरौलाले सम्पादन गरेको फिल्मलाई डीसीएनले वितरण गर्दै छ । यसअघि फिल्मका ‘तिम्रो मायामा हराउने’ र ‘फूल टिपेर चढाए बोलका दुई गीत दर्शकमाझ आइसकेका छन् । दुवै गीत दर्शकले मन पराइरहेका छन् ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad