मुसिकोटमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक सम्पन्न

मुसिकोटमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक सम्पन्न

मुसिकोट । रुकुम पश्चिममा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक वसेको छ । छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएसंगै सम्भावित नयाँ भेरियन्टको प्रकोप व्यवस्थापनको सजगता तथा पूर्व तयारीका लागि छलफल गर्न जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा बैठक वसेको हो ।

बैठकले सार्बजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोगको व्यवस्था गर्ने, व्यक्तिगत सरसफाइ लगायत आबश्यक स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्ने–गराउने, कोभिड सम्बन्धि शन्देशमुलक सामाग्रीहरु तयारी गरि प्रचार प्रसार गर्न स्थानीय सरकार, स्वास्थ सेवा कार्यलय र गैह्र सरकारी सस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै प्रत्येक पालिका लगायत अस्पतालमा कम्तीमा १ महिनाको लागि पुग्ने गरि मास्क, ग्लोब, स्यानिटाइजर तथा पिपिई सेट राख्न अनुरोध गर्ने र जिल्ला अस्पताल सल्लेमा अक्सिजन पलान्ट जडानका लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकमा जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले जिल्लामा पछिल्लो पटक कोभिडको अवस्थाको बारेमा रिर्पोटिङ गर्नुभएको थियो ।

जिल्लामा गत असोज ९ गते पछि कोभिडका कुनै पनि विरामि नरहेको बताउनुभयो । अहिले कोभिडसंग लक्षण मिल्ने केहि विरामि आउने गरेको भए पनि कोरोना भने पुष्टि भएको छैन ।

बैठकमा भएका निर्णयहरु प्रत्यक पालिकामा पठाउने र पालिकाहरुले पनि कोभिड रोकथामको लागि त्यहि अनुसारको तयारी गर्ने प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा जिल्लाका विभिन्न पालिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालयका प्रमुख लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार