आठविसकोटमा कृषि मेला प्रदर्शनी

आठविसकोटमा कृषि मेला प्रदर्शनी

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडीमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।
आइतबार र सोमबार गरी दुई दिन कृषि विकास कार्यालय र कृषि सेवा केन्द्र आठविसकोट नगरपालिकाको संयुक्त आयोजनामा वडा नम्बर ९ राडिमा कृषि सेवा कार्यालयको प्रांगणमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

पालिका स्तरिय कृषि मेला प्रदर्शनीमा कृषकले उत्पादन गरेका विभिन्न ६ वटा विधा अन्तर्गतका ८० वटा कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको थियो ।

प्रदर्शनीमा ४ सय ९९ बालीबस्तुहरुमा कृषकहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमध्ये ६ वटा विधा अन्तर्गतका २४ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न कृषकहरुलाई क्रमश ५ हजार, ३हजार ५ सय, ३ हजार २ हजार र १७ सय नगद रकम तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार