प्रदेश नं १ मा ३१ सङ्क्रमित

krishi
Duduwa Corona

प्रदेश नं १ मा ३१ सङ्क्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख १६ काठमाडौं

प्रदेश नं. १ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश सरकारका अनुसार  द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र  ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर)  विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । रासस

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार