सरकारी वकिल कार्यालयले बस्नेत, श्रेष्ठ र खनालविरुद्धको अपहरण जाहेरी लिएन

सरकारी वकिल कार्यालयले बस्नेत, श्रेष्ठ र खनालविरुद्धको अपहरण जाहेरी लिएन

बैशाख १६ काठमाडौ
जनता समाजवादी पार्टीका नेताहरूले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गर्नेविरूद्ध दिएको किटानी जाहेरी आज बबरमहलस्थित सरकारी वकिल कार्यालयले अस्वीकार गरेको छ ।
सांसद यादवलाई केही दिनअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए।

दुई घण्टा छलफल गरेपनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।

आफ्नो इच्छाविपरीत काठमाडौं ल्याएको भन्दै सांसद यादवले महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार जाहेरी निवेदन दिए पनि दर्ता भएको थिएन।
मंगलबार जनता समाजवादीका शीर्ष नेताहरू उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतोसहित जाहेरी दर्ता गर्न सरकारी वकिल कार्यालय पुगेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार