सर्वोच्च अदालतको आदेशपछि रिहा भए ज्ञानेन्द्र शाही

सर्वोच्च अदालतको आदेशपछि रिहा भए ज्ञानेन्द्र शाही

बैशाख १६ काठमाडौ

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले अहिले शाहीलाई रिहा गरेको छ ।

शाहीलाई पक्राउ विना अपराध गरिएकाले तत्काल रिहा गर्नुपर्ने मागसहित शुक्रबार सर्वोच्चमा बन्दीको निवेदन दायर भएको थियो।  न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको थियाे ।

यस्तै सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार