रुकुम पश्चिममा २२औं सशस्त्र प्रहरी दिवस मनाइयो (तस्बिरहरू)

रुकुम पश्चिममा २२औं सशस्त्र प्रहरी दिवस मनाइयो (तस्बिरहरू)

मुसिकोट । रुकुम पश्चिममा २२ औं सशस्त्र प्रहरी दिवस मनाइएको छ । सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. ४७ गुल्म हेटक्वाटर रुकुम पश्चिमको आयोजनामा विभिन्न कार्यक्रम गरेर सशस्त्र प्रहरी दिवस मनाइएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले विर अमर सशस्त्र प्रहरीको तस्विरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर सशस्त्र प्रहरीको तस्विरमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षकबाट सशस्त्र प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश सशस्त्र प्रहरी निरीक्षक झकु प्रसाद शर्माले वाचन गर्नुभएको थियो ।

दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४७ गुल्म रुकुम पश्चिमले उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारी र पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ ।

यस्तै दिवसको अवसरमा विभिन्न विधामा सर्बाेत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा तत्कालिन जिल्ला विकास समिति रुकुमका पूर्व सभापति एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्का, नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्मा, अनुसन्धान प्रमुख होमराज रेग्मी, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक राजिव श्रेष्ठ, प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बोमलाल पराजुली, साझा मुराल अस्पतालका प्रबन्धक डा. दिपक पुन, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्लास्थित विभिन्न कार्यालय प्रमुख, पत्रकार, पूर्व सशस्त्र प्रहरी बलका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन डाँगीले गर्नुभएको थियो ।

तस्बिरहरू :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार