कर्णालीमा ६ महिनामा ४१ सुत्केरीको हेलिकोप्टरबाट उद्दार

कर्णालीमा ६ महिनामा ४१ सुत्केरीको हेलिकोप्टरबाट उद्दार

नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरेको जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सर्खेतले सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्दार गरेको हो ।

हेडक्वाटरको अर्धवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै मेजर रेनु शाहले गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको जानकारी दिनुभयो ।

जसमा कर्णालीका छब्बीस र सुदूरपश्चिमका पन्ध्र जना रहनुभएको छ । जसमध्ये कर्णालीका डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट छ, हुम्लाबाट दुई, रुकुमबाट तिन जना रहनुभएको छ  । यस्तै जुम्लाबाट एक, कालीकोटबाट तिन, जाजरकोटबाट पाँच सुत्केरीको उद्दार गरिएको छ ।

यस्तै नेपाली सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी घाइते हुनुभएका १४ जनाको हेलिकोप्टरबाट उद्दार गरेको छ भने १४ हजार ७ सय ३५ केजी राहत सामाग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार