रोल्पामा रहेको बम निष्क्रिय

रोल्पामा रहेको बम निष्क्रिय

बैशाख १९ काठमाडौ

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा फेला परेको बेवारिसे बम आज निष्क्रिय पारिएको छ । दहवनबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बिहीबार दिउँसो जंगलमा बाख्रा चराउन गएका चार स्थानीय बालबालिको आफूले फेला पारेको बेवारिसे बम खेलाउने क्रममा विस्फोट हुँदा ज्यान गएको थियो ।

सोही ठाउँमा अर्को विस्फोटन नभएको बमसमेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो ।

बम विस्फोटमा परी ज्यान गुमाएका बालबालिकाको शव स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारको उपस्थितिमा मुचुल्का उठाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विस्फोटमा पर मृत्यु हुनेमा त्रिवेणी–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव  छन् ।

मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । उनले घटना भएको स्थानमा  थप अनुसन्धान गर्नसमेत आग्रह गरे ।

घटनास्थलमा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकसमेत पुगी जानकारी लिए । बालबालिकाले जंगलमा बम भेटाएर फर्की दुम्ला खोलामा  खेलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।

सशस्त्र द्वन्द्वका बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त भएको थियो । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार